hilltake everestbank
 आचारसंहिताका कारण रास्वपाको बैठक प्रभावित

आचारसंहिताका कारण रास्वपाको बैठक प्रभावित

निर्वाचन आचारसंहितका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक प्रभावित बनेको छ । उपराष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्ने भन्नेबारे निर्णय लिनका लागि शुक्रबार रास्वपाले पदाधिकारी र संसदीय दलको संयुक्त बैठक तय गरेको थियो । 

तर, निर्वाचन आयोगले आचारसंहिताबारे ख्याल गर्न दलहरुलाई सचेत गराएसँगै रास्वपाको पूर्वनिर्धारित बैठक नबस्ने  भएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए । 
उपराष्ट्रपतिको निर्वाचन अन्तरगत शुक्रबार बिहान १० बजेदेखि मतदान हुने भएपनि रास्वपा कसलाई मत हाल्ने भन्ने निर्णयमा पुगेको छैन । अब नेताहरुबीच अनौपचारिक छलफल गरेर सोही अनुसार अघि बढ्ने तयारीमा पार्टी छ ।

gimigroup

यसअघि राष्ट्रपति निर्वाचनमा रास्वपाले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गरेको थियो । 

Dipak Dhamala

Leave a Reply

Your email address will not be published. Required fields are marked *