hilltake everestbank
 उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दै छ । उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन शुक्रबार बिहान साढे ११ बजे  पार्टी कार्यालय बसुन्धारमा  बैठक बस्न लागेको हो ।

शुक्रबार नै १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ । जसपाका रामसहायप्रसाद यादव, एमालेकी अष्टलक्ष्मी शाक्य र  जनमतकी ममता झा  उपराष्ट्रपतिको प्रतिस्पर्धामा छन् । जसपाबाट उम्मेदवारी दिएकी
 प्रमिला कुमारी यादवले रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेकी छन् ।

gimigroup

रास्वपाले पुरुष उम्मेदवारलाई मत दिने बताइसकेको छ ।  रास्वपालेले उपराष्ट्रपतिमा रामसहायलाई मत नदिने जवाफ पठाएको छ ।रास्वपाले उपराष्ट्रपतिकी उम्मेदवार एमाले उपाध्यक्ष अष्ठलक्ष्मी शाक्यलाई मत दिने सम्भावना बलियो छ । 

Dipak Dhamala

Leave a Reply

Your email address will not be published. Required fields are marked *