
राष्ट्रिय युवा संघ नेपाल गोदावरी नगरको अध्यक्षमा उत्तम !
धनगढी : राष्ट्रिय युवा संघ नेपालको गोदावरी नगरपालिकाको अधिवेशन सम्पन्न भएको छ। आज राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष अमित लामाको प्रमुख आथित्यतामा दोस्रो गोदावरी नगर अधिवेशन सम्पन्न भएको हो।

अधिवेशनबाट उत्तम महराको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन समेत भएको छ।

