hilltake everestbank
 कैलाली बहुमुखी क्याम्पसमा स्ववियु लड्दै स्वतन्त्र समूह, यस्ता छन् एजेण्डा !

कैलाली बहुमुखी क्याम्पसमा स्ववियु लड्दै स्वतन्त्र समूह, यस्ता छन् एजेण्डा !

धनगढी – धनगढीको कैलाली बहुमुखी क्याम्पसमा चैत्र ८ गते स्ववियु निर्वाचन हुँदैछ। सो निर्वाचनमा सहभागी हुनका लागि विष्णु कुमार साउदको नेतृत्वमा टिम बनाएर मनोनयन दर्ता समेत गरिएको छ।

सो टिमले आफ्ना स्ववियु केन्द्रित यस्ता प्रतिबद्धता सार्वजनिक समेत गरेको छ।

gimigroup

यस्ता छन् एजेण्डा:

विश्वविद्यालयहरूका उपकुलपतिदेखि कार्यालय सहयोगीसम्म राजनीति दलको भागबन्डाका आधारमा नियुक्त गरिने परिपाटीको अन्त्य गरिने ।

स्ववियुलाई वास्तवमै स्वतन्त्र बनाइने ।

क्याम्पसलाई बन्द, तालाबन्दीबाट सधैंका लागि मुक्त राखिने ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य बिमा कार्ड उपलब्ध गराइ सेवा लिन सहज वातावरण निर्माण गरिने ।

छात्राहरूलाई निशुल्क सेनेटरी प्याडको उपलब्धता गराइने ।

क्याम्पसको अध्ययन एवम् अध्यापनलाई नियमित, विद्यार्थीमैत्री तथा व्यवहारिक बनाइने ।

क्याम्पसमा नियमित रचनात्मक गतिविधि गरिने ।

नेपालको विद्यार्थी आन्दोलनको दिशा र दशा परिवर्तन गरिने ।

स्नातक र स्नातकोत्तर तहको परीक्षामा प्रश्नपत्र नेपाली भाषामा पनि सोधिने व्यवस्था लागू गर्न पहल गर्ने ।

क्याम्पस विश्वविद्यालयको शैक्षिक क्यालेन्डर लागू गरि प्रवेश, परीक्षा र परिणामलाई व्यावहारिक र वैज्ञानिक बनाइने ।

Saru Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *