hilltake everestbank
 मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

सुर्खेत – मध्यपश्चिम विश्वविद्यालयका सबै आंगिक क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन स्थगित भएको छ ।

उच्च अदालत सुर्खेतले भोलि हुने भनिएको स्ववियु निर्वाचन रोक्न आदेश दिएको हो ।

gimigroup

बिहीबार बसेको विश्वविद्यालयको बैठकले अन्य १० वटा आंगिक क्याम्पसको चुनाव रोक्ने निर्णय गरेको विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेलले जानकारी दिए।

यस्तै मंगलबार विश्वविद्यालयअन्तर्गतको ‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।

विश्वविद्यालयले निर्वाचन सम्पन्न गर्न सहज वातावरणका लागि सम्पूर्ण विद्यार्थी संघसंगठनहरुसँग आवश्यक छलफल एवं परामर्श गरी उपयुक्त मिति तोकेर निर्वाचन गर्ने जनाएको छ ।

Saru Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *