
कैलाली बहुमुखी क्याम्पसका उप-प्राध्यापक पछेरा अस्ताए
धनगढी: कैलाली बहुमुखी क्याम्पसमा कार्यरत उप-प्राध्यापक खड्ग बहादुर पछेराको निधन भएको छ। ४७ वर्षीय पछेराको आज (बिहीवार) मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिए।
प्रहरीकाअनुसार पछेरालाई बिहीबार बिहान ११ बजे विषादी पदार्थ सेवन गरेको अवस्थामा अस्पताल पुगाइएको थियो। उनको आइसियुमा उपचारका क्रममा मृत्यु भएको डीएसपी चन्दले बताए। पछेराको शव परीक्षणपछि परिवारको जिम्मा लगाइने अस्पतालले जनाएको छ।
