hilltake everestbank
    स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ

   स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ

काठमाडौँ – प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ । महोत्तरीको जलेश्वर नगरपालिका–३ बाट ९ लाख ९८ हजार ३ सय भारतीय रुपैयाँसहित २९ वर्षीय बिमलेश पाण्डेलाई पक्राउ गरिएको हो ।

आरोपीको साथबाट उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.४ प ७०३४ नम्बरको मोटरसाइकललाई जाँच गर्दा पाण्डेको साथमा सो रकम फेला परेको थियो ।

gimigroup

Nisha Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *