hilltake everestbank
 केएमसीमा स्ववियुको अध्यक्षमा अनेरास्ववियु र नेविसंघको महाभिडन्त !

केएमसीमा स्ववियुको अध्यक्षमा अनेरास्ववियु र नेविसंघको महाभिडन्त !

धनगढीः कैलाली बहुमुखी क्याम्पसमा ८ चैतमा हुने स्ववियु निर्वाचनमा अध्यक्ष पदका लागि ४ जना स्वतन्त्रसहित ९ जनाको उम्मेदवारी परेको छ।

क्याम्पसले सार्वजनिक गरेको सूचीअनुसार स्ववियु अध्यक्षमा चार जनाले स्वतन्त्र उम्मेदवारी दिदा चार वटा विद्यार्थी संगठन र एउटा स्वतन्त्र संगठनबाट समेत गरेर ९ जनाको उम्मेदवारी परेको हो।

gimigroup

नेकपा एमाले सम्बद्ध अनेरास्ववियुबाट यमराज जोशी, नेविसंघबाट हरिश खत्री, अखिल क्रान्तिकारीबाट पवन सुनार, राप्रविबाट नविन शाह, स्वतन्त्र विद्यार्थी समूहबाट विष्णुकुमार साउद र मिलन बिक, खगेद्रप्रसाद अवस्थी, धु्रवराज न्यौपाने र बमबहादुर बिकले उम्मेदवारी दिएका छन्। तर, प्रारम्भिक माहोल अनुसार यहाँ अनेरास्ववियु र नेविसंघको महाभिडन्त हुने देखिएको छ।

ठूलो संगठन र तीव्र तयारीमा लागेका यी दुई संगठनबीच नै कडा प्रतिस्पर्धा हुने स्रोतको आकलन छ। अनेरास्ववियुले नेकपा एस निकट विद्यार्थी संगठनसँग तालमेल समेत गरेको छ। यसकारण पनि रोचक प्रतिस्पर्धा हुने देखिएको छ। यस्तै अखिल क्रान्तिकारीका उम्मेदवार पनि पकड बलियो बनाउँदै गइरहेको बताइन्छ।

Mahendranagar Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *