hilltake everestbank
 नेपाली क्रिकेट टिमलाई एमाले अध्यक्ष ओलीको ढाडस-‘तपाईंहरुको साथमा म छु’

नेपाली क्रिकेट टिमलाई एमाले अध्यक्ष ओलीको ढाडस-‘तपाईंहरुको साथमा म छु’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेल खेल्न लागेको नेपाललाई सफलताको कामना व्यक्त गरेका छन् । 

खेल सुरु हुनु अघि सामाजिक सञ्जालमा ओलीले लेखेका छन् मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना १  राष्ट्र तपाईंहरुको साथमा छ, म तपाईंहरुको साथमा छु ।

gimigroup

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।  त्रिवि क्रिकेट मैदानमा मैदानमा युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङ गर्ने तयारीमा छ । 

Dipak Dhamala

Leave a Reply

Your email address will not be published. Required fields are marked *