hilltake everestbank
 उपराष्ट्रपति निर्वाचन : यादवलाई समर्थन गर्ने काँग्रेसको निर्णयविरुद्ध एमालेले दियो आयोगमा उजुरी

उपराष्ट्रपति निर्वाचन : यादवलाई समर्थन गर्ने काँग्रेसको निर्णयविरुद्ध एमालेले दियो आयोगमा उजुरी

काठमाडौँ – नेकपा एमालेले उपराष्ट्रपति निर्वाचनको शून्य समयमा मत मागेर नेपाली काँग्रेसले आचारसंहिताको गम्भीर उल्लङ्घन गरेको जनाएको छ । एमाले सचेतक महेश बर्तौलाले विज्ञप्ति जारी गर्दै काँग्रेसको निर्णयले निर्वाचनको मर्यादा, स्वच्छता र निष्पक्षतालाई कमजोर बनाएको बताएका हुन् ।

चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनको लागि मङ्गलवार राती १२ बजेदेखि शून्य समय प्रारम्भ भइसकेको छ । बुधबारमात्रै काँग्रेसले जसपाका उम्मेदवार रामसहाय यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।

gimigroup

‘शून्य समयमा कुनै पनि उम्मेदवारको पक्षमा मत माग्नु, निर्वाचनलाई प्रभावित गर्ने गरी उम्मेदवारको पक्षमा निर्णय गर्नु वा प्रचार गर्नु निर्वाचन आचारसंहिता विपरीत हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘‘नेपाली काङ्ग्रेसले गरेको निर्णयले उपराष्ट्रपतिजस्तो गरिमामय पदको निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन भएको छ । यसले निर्वाचनको मर्यादा, स्वच्छता र निष्पक्षतालाई समेत कमजोर बनाएको छ ।’

आचारसंहिता उल्लङ्घन हुने गरी निर्णय गर्ने नेपाली काँग्रेसलाई कारबाहीको दायरामा ल्याउन एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । यसबारेमा निर्वाचन आयोगमा उजुरीसमेत दर्ता गरेको एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यको निर्वाचन प्रतिनिधिसमेत रहेका बर्तौलाले जानकारी दिएका छन् ।

Saru Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *