hilltake everestbank
 कैलाली जिल्ला कराते सङ्घ गठन, अध्यक्षमा खत्री

कैलाली जिल्ला कराते सङ्घ गठन, अध्यक्षमा खत्री

धनगढीः कैलाली जिल्ला कतारे सङ्घको अध्यक्षमा ललित खत्री चयन भएका छन्। कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका खत्रीको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन गरिएको हो। कमिटीको उपाध्यक्षमा वालकुमार महतो र लाल बहादुर राना, सचिवमा तेज नागरी र कोषाध्यक्षमा वर्षा साउँद चयन भएका छन्।

त्यस्तै सदस्यमा बवरजगं शाही, आशाराम चौधरी, खुसीराम चौधरी, अशोक चौधरी, माला कार्की, रमेश थापा मगर, कमल श्रेष्ठ, राजेश चौधरी, रमेश चौधरी, रमेश साउद, टेकराज सोडारी चयन भएका छन्। यस्तै प्रदेश प्रतिनिधिमा गजेन्द्र साउद, मकेन्द्र बहादुर सिह, त्रैलोक्यनाथ पाण्डे, उमा महतोलाई चयन गरेको हो।

gimigroup

अध्यक्षमा चयन भएपछि खत्रीले खेलाडीको क्षमता विकास र खेलाडीको हकहितमा काम गर्ने बताए।

Mahendranagar Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *