hilltake everestbank
 …अनि तितरवितर भए धनगढीका पत्रकार, मुख्यमन्त्री शाहले ‘बेकुफ’ बनाए ! [भिडिओसहित]

…अनि तितरवितर भए धनगढीका पत्रकार, मुख्यमन्त्री शाहले ‘बेकुफ’ बनाए ! [भिडिओसहित]

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकारलाई झुक्क्याएको आरोप लागेको छ। मुख्यमन्त्री शाहको सचिवालयले पत्रकार सम्मेलन भन्दै बोलाएर झुक्क्याएको आरोप लागेको हो।

बुधबार दिउँसो ४ बजे धनगढीका पत्रकारहरुलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा डाँकेको थियो। मुख्यमन्त्रीको सचिवालयले धनगढीका कुनै पनि पत्रकार नछुट्नेगरी बोलाइदिन आग्रह गरेपछि पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले सबैलाई खबर गरेका थिए।

gimigroup

पत्रकारलाई बोलाउनुको प्रयोजन नखुलाइएको भएपनि धनगढीका पत्रकारहरु दिउँसो ४ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए। तर त्यहाँ मुख्यमन्त्री कमलबहादुर शाह पत्रकार प्रतिक्षा गरेको सभाहलमा नआएपछि उनीहरु तितरवितर भएका छन्।

करीब पौने घण्टा मुख्यमन्त्रीलाई कुरेर बसेका पत्रकारहरु उनी केही घण्टा ढिलोगरी भेटघाट गर्ने सूचना पाएपछि रिसाउदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बाहिरएका हुन्। २५ देखि ३० जनाको संख्यामा पुगेका पत्रकारले मुख्यमन्त्रीको सचिवालयले ‘बेकुफ’ बनाउने भन्दै आक्रोश व्यक्त गरेका छन्।

कार्यालयमा पुगेका पत्रकार महासंघका अध्यक्ष जोशीले सचिवालयले कडा शब्दमा पत्रकारलाई झुक्याउने काम अबदेखि नगर्न र सचिवालयलाई चुस्त बनाउन आग्रह गरेका छन्। मुख्यमन्त्रीको सचिवालयले भने मन्त्रिपरिषद्को बैठक बस्न ढिलो भएका कारण निर्धारित समयमै पत्रकारसँग भेटघाट गर्न नसकिएको दाबी गरेको छ। बुधबार बस्ने बैठकले गर्ने निर्णय सार्वजनिक गर्न पत्रकारलाई बोलाइएको बुझिएको छ।

Mahendranagar Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *