hilltake everestbank
 बैतडीमा शिलान्यासको २४ वर्षपछि सडक निर्माणमा तीव्रता

बैतडीमा शिलान्यासको २४ वर्षपछि सडक निर्माणमा तीव्रता

बैतडीः सुदूरपश्चिम प्रदेश गौरवको योजनाको रूपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडक निर्माण कार्यले गति लिएको छ। निर्माण शुरु भएको २४ वर्षपछि सडक निर्माणले गति लिएको हो। आर्थिक वर्ष २०५५।०५६ सालमा यो सडकको शिलान्यास गरिएको थियो।

gimigroup

शुरुमा ट्रयाक खोल्नमै ढिला भएकोमा प्रदेश सरकार आएपछि यो सडकले गति लिएको हो। प्रदेश सरकारले यो सडकलाई गौरवको योजनाको रूपमा राखेपछि हाल स्तरोन्नतिको कामले तीव्रता पाएको छ।

हाल सडकको स्तरोन्नतिअन्तर्गत कालोपत्रे गर्ने काम धमाधम भइरहेको पूर्वाधार विकास कार्यालय बैतडीका निमित्त प्रमुख जंगबहादुर थापाले बताए। यो सडकको सतबाँझदेखि साढे ६ किलोमिटर र श्रीभावरदेखि हाट खण्डमा साढे ८ किलोमिटर कालोपत्रे गर्न ठेक्का सम्झौता भएर काम भइरहेको हो।

उनले भने, ‘जेठभित्र ६ किलोमिटर कालोपत्रे गरिसक्ने लक्ष्यसहित चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनीले कालोपत्रेका लागि ठेक्का सम्झौता गरेर काम गरिरहेको छ।’

यसका साथै जेठ मसान्तभित्रै काम सम्पन्न गर्ने गरी श्रीभावरदेखि हाट खण्डमा साढे ८ किलोमिटर स्तरोन्नति भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। सतबाँझदेखि ६ किलोमिटर स्तरोन्नति गर्न १२ करोडमा ठेक्का सम्झौता भएको छ भने श्रीभावरदेखि हाट खण्डमा ८ किलोमिटर स्तरोन्नतिका लागि १७ करोडमा यसअघि ठेक्का सम्झौता भएको थियो। दुवै ठाउँबाट सडक स्तरोन्नति शुरु भएको छ।

लामो समयपछि सडक निर्माणले गति लिएपछि स्थानीय बासिन्दा खुसी भएका छन्। जिल्ला सदरमुकामका साथै भारतीय सीमानाका झुलाघाट जोड्ने छोटो बाटोका रूपमा रहेको छ।

यो सडक स्तरोन्नतिपछि सुर्नया गाउँपालिका, सिगास गाउँपालिका, पुर्चौडी नगरपालिकाका साथै र बझाङका बासिन्दालाई समेत सहज हुनेछ।

सडक निर्माणले गति लिएपछि खुसी लागेको सुर्नयाका स्थानीय सुरेश महराले बताए। उनले भने, ‘यसअघि कच्ची सडक, हिउँदमा धुलाम्मे हुने, वर्षादमा हिलाम्मे भएर जोखिमपूर्ण यात्रा गर्नुपरेको थियो। कालोपत्रे भएपछि सहज हुनेछ। सदरमुकाम छिटो पनि पुगिनेछ।’

Mahendranagar Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *