hilltake everestbank
 लिजेण्ड्स लिग क्रिकेटमा पारस आबद्ध टोली १० विकेटले पराजित

लिजेण्ड्स लिग क्रिकेटमा पारस आबद्ध टोली १० विकेटले पराजित

लिजेण्ड्स लिग क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आबद्ध एसियन लायन्स १० विकेटले पराजित भएको छ ।

गएराति दोहामा भएको खेलमा लायन्स इण्डियन महाराजसँग पराजित भयो । लायन्सले दिएको १ सय ५९ रनको लक्ष्य महाराजले १२ दशमलव ३ ओभरमा कुनै विकेट नगुमाई भेट्टायो । महाराजका ओपनरद्वय रोविन उथप्पा र कप्तान गौतम गम्भीरले अविजित अर्धशतक बनाए । उथप्पाले ८८ तथा गम्भीरले ६१ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको लायन्सले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

gimigroup

लायन्सका उपुल थरंगाले ६९ रन बनाए । यो खेलमा पारस खड्का प्लेईङ–११ मा परेका थिएनन् । यो जितसँगै महाराज ३ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । दुई खेल जितेको लायन्स ४ अंकका साथ शीर्ष स्थानमा छ ।

लिगमा वर्ल्ड जायन्ट्स, इण्डियन महाराज तथा एसियन लायन्स सहभागी छन् । लिग चरणको खेलमा शीर्ष स्थानमा रहने टोलीले सिधै फाइनलमा स्थान बनाउने छ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीचको बिजेताले फाइनल खेल्नेछ ।

Dipak Dhamala

Leave a Reply

Your email address will not be published. Required fields are marked *