hilltake everestbank
 सुदूरपश्चिममा एक्ली छात्रा उम्मेदवार अनेरास्ववियुकी कल्पना

सुदूरपश्चिममा एक्ली छात्रा उम्मेदवार अनेरास्ववियुकी कल्पना

सुदूरपश्चिममा मुख्य प्रतिस्पर्धी विद्यार्थी संगठनहरू अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अनेरास्ववियु (क्रान्तिकारी) ले स्ववियु सभापतिमा महिलालाई उम्मेदवार बनाउन कन्जुस्याइँ गरेका छन् । ठूला संगठनमध्ये अनेरास्ववियुले मात्र जित्ने सम्भावना भएको क्याम्पसमा महिला उम्मेदवार बनाएको छ ।

५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनममा लम्की बहुमुखी क्याम्पस सभापतिमा अनेरास्ववियुको तर्फबाट कल्पना तिमिल्सेना उम्मेदवार बनेकी छिन् । त्यसबाहेक ठूला संगठनले कतै पनि महिलालाई नेतृत्वमा उम्मेदवार बनाएका छैनन् ।

gimigroup

निर्वाचनका लागि महिला उम्मेदवारको सहभागिता कम भएको गुनासो छात्रा नेतृहरूले गरेका छन् ।  संविधानले हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरे पनि छात्रहरू मात्र उम्मेदवार हुँदा स्ववियु चुनावमा त्यो वातावरण बन्न नसकेको उनीहरूको गुनासो छ ।

‘महिलालाई उम्मेदवार हुनै गाह्रो छ । जित्न त्योभन्दा धेरै मेहनत गर्नुपर्ने स्थिति छ,’ सभापतिकी उम्मेदवार तिमिल्सेनाले भनिन्, ‘तैपनि, मलाई विद्यार्थीहरूप्रति विश्वास छ । अनेरास्ववियुको केन्द्रीय सदस्य र विद्यार्थीका मुद्दामा लागिरहेकाले चुनाव जित्ने आशा छ ।’

लम्की बहुमुखी क्याम्पसमा स्ववियु सभापति निर्वाचित भए क्याम्पसलाई शैक्षिक, प्राज्ञिक र अध्ययन अनुसन्धान थलो बनाउन प्राथमिकताका साथ काम गर्ने उनले बताइन् । क्याम्पसको प्रशासनिक अस्तव्यस्ततालाई दीर्घकालीन समाधान खोज्ने, एकपक्षीय मूल्यांकनका आधारमा छात्रवास र छात्रवृत्ति वितरण प्रणाली अन्त्य गर्ने, छात्रवास र छात्रवृत्ति स्तरोन्नति गर्ने उनको योजना छ ।

Dipak Dhamala

Leave a Reply

Your email address will not be published. Required fields are marked *