hilltake everestbank
 कैलाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट जोशी उम्मेदवार

कैलाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट जोशी उम्मेदवार

धनगढी : धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा स्ववियु सभापतिका लागि नेकपा एमाले निकट अनेरास्ववियुबाट यमराज जोशी उम्मेदवार बनेका छन्।

हिजो जोशीलाई सभापतिको उम्मेदवार बनाउने सहमति भएर आज मनोनयन गर्ने तयारी भैरहेको अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले जानकारी दिए। सभापतिबाहेक अन्य पदमा भने आजै टुंगो लगाइने जनाइएको छ। चैत्र ८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज मनोनयन हुँदै छ।

gimigroup

विद्यार्थीमाझ लोकप्रिय रहेका जोशीले कैलाली बहुमुखी क्याम्पसको सुदृढीकरण, विद्यार्थीको हकहित, प्रशासन र व्यवस्थापन सुधार लगायतका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

Dipak Dhamala

Leave a Reply

Your email address will not be published. Required fields are marked *