hilltake everestbank
 काठमाडौं उडेको जहाज बर्दियाबाट फिर्ता, धनगढीमा आकस्मिक अवतरण

काठमाडौं उडेको जहाज बर्दियाबाट फिर्ता, धनगढीमा आकस्मिक अवतरण

धनगढी: कैलालीको धनगढीबाट काठमाडौंका लागि उडेको जहाज फिर्ता भएको छ। आज (मंगलवार) काठमाडौंका लागि उडान भरेको वुद्द एअरको जहाज बाँकेस्थित बर्दियाको आकाशबाट फिर्ता भएको हो।

७:३५ को फ्लाइट भएपनी केही समय ढिलोगरी उडेको वुद्दको २५६ नम्बरको जहाजले ८:४५ मा धनगढीबाट उडान भरेको थियो।

gimigroup

तर, खराब माैसमका कारण धनगढीबाट काठमाडौंका लागि उडेकाे बुद्ध एअरकाे विमान पुन: बाँकेकाे आकाशबाट धनगढी नै फर्किएर आकस्मिक अवतरण भएकाे विमानस्थल स्रोतले जनाएको छ।

मौसम खराबीले त्यहाँबाट अगाडि छिर्न नसकेपछि फिर्ता आएर धनगढी विमानस्थलमै अवतरण गरिएको बताइएको छ।

सो जहाज अब भोलि बिहान सवा  ६ बजे उड्ने छ।

Mahendranagar Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *