hilltake everestbank
 धनगढी उपमहानगरलाई देशभरिमै उत्कृष्ट अवार्ड प्रदान

धनगढी उपमहानगरलाई देशभरिमै उत्कृष्ट अवार्ड प्रदान

काठमाडौँ – धनगढी उपमहानगरपालिकाले देशभरिमै उत्कृष्ट उपमहानगरपालिकाको अवार्ड पाएको छ ।

संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका क्षेत्रमा उत्कृष्ट काम गरेकाले धनगढी उपमहानगरलाई उत्कृष्ट अवार्ड प्रदान गरिएको नेपाल नगरपालिका सङ्घले जनाएको छ।

gimigroup

नेपाल नगरपालिका सङ्घको ३० औ वार्षिकोत्सवको अवसरमा धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट अवार्ड प्रदान गरिएको हो।

नेपाल नगरपालिका सङ्घको ३०औँ वार्षिकोत्सवको अवसरमा सोमवार काठमाडौँमा आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनगढी उपमहानगरका मेयर गोपाल हमाललाई उत्कृष्ट अवार्ड प्रदान गरेका थिए।

Saru Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *