hilltake everestbank
 सामान्य प्रशासन मन्त्रालयद्वारा केन्द्रीय तहका कर्मचारीको विवरण माग

सामान्य प्रशासन मन्त्रालयद्वारा केन्द्रीय तहका कर्मचारीको विवरण माग

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केन्द्रीय तहका सबै कार्यालयका कर्मचारीहरूको विवरण माग गरेको छ ।

मन्त्रालयले मङ्गलवार सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरू सबैलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा पठाउन भनेको हो ।

gimigroup

मन्त्रालयका उपसचिव कमान सिंह थापा मगरका अनुसार मन्त्रालयले पद, श्रेणी, सेवा समूह, स्वीकृत दरबन्दी, पदपूर्ति, रिक्त, फाजिल, सरुवा लगायतको विवरण माग गरेको हो ।

Saru Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *