hilltake everestbank
 डोटीको बोगटान फुड्सिल गाउँपालिका साक्षर पालिका घोषणा

डोटीको बोगटान फुड्सिल गाउँपालिका साक्षर पालिका घोषणा

डोटी – डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ।

यसअघि पालिकाका सात वटै वडालाई साक्षर वडा घोषणा गरिएको थियो। सम्पुर्ण वडालाई साक्षर गरेपछि मंगलवारमात्र पालिकालाई एक कार्यक्रमका बिच साक्षर पालिका घोषणा गरिएको हो।

gimigroup

मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता प्रविधि प्रयोगको असमानतामा न्यूनता भन्ने मर्मका साथ गाउँपालिकालाई जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण बहादुर सिंहले पालिकालाई साक्षर घोषणा गरेका हुन।

पालिकामा १५ देखि ६० वर्ष उमेर समूहका ९७.१० प्रतिशत नागरिक साक्षर भएपछि साक्षर पालिका घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले बताए। पालिका साक्षर घोषणा भएपछि साक्षर घोषणा गर्न सघाउने सबैलाई धन्यवाद व्यक्त गरेका थिए।

Saru Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *