ऐतिहासिक कीएभ गुम्बाका भिक्षुहरूद्वारा निष्कासन आदेशको अवज्ञा

डोटी जिप दुर्घटना : हेलिकप्टर मार्फत नेपालगन्ज लगिएकी घाइते महिलाको मृत्यु
कैलाली – डोटीमा भएको जिप दुर्घटनामा परि घाइते भएकी एक महिलाको मृत्यु भएको छ । मङ्गलवार बिहान भएको जिप दुर्घटना परि गम्भीर घाइते भएकी ६५ बर्सिया धौली बिस्टको नेपालगन्जमा मङ्गलवार साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
घाइते मध्य गम्भीर घाइते जिपमा सवार मृतक विष्ट र मोटरसाइकल चालक विष्णु बोहरालाई नेपाली सेनाको हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज नेपालगन्ज रेफर गरिएको थियो । घाइते बोहराको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी घाइते भएका अन्य ४ जनालाई पनि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

मङ्गलवार बिहान सिलगढी स्थित अदालत मोड नजिक भएको जिप दुर्घटनामा परि उनी सहित ६ जना घाइते भएका थिए ।