hilltake everestbank
 डब्लुएचओद्वारा कोभिड खोप अभियानबारे नेपालको प्रशंसा

डब्लुएचओद्वारा कोभिड खोप अभियानबारे नेपालको प्रशंसा

काठमाडौँ – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले नेपालमा कोभिडविरुद्ध उच्च खोप कभरेजबारे प्रशंसा गरेको छ ।

सोमबार विश्व स्वास्थ्य सङ्गठनको दक्षिण पूर्वी एसियाकी निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटमा नेपालको खोप कभरेजबारे प्रशंसा गरेकी हुन् ।

gimigroup

सोमबारबाट सुरु भएको क्षयरोगसम्बन्धी तीन दिने क्षेत्रीय गोष्ठीमा सहभागी हुन नेपाल आएकी सिंहले प्रधानमन्त्री दाहालसँग भेट गर्दै आगामी दिनमा सहयोग तथा साझेदारी भइराख्ने प्रतिबद्धता व्यक्त गरिन् ।

नेपालमा कुल जनसङ्ख्याको ७६.५ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् भने लक्षित जनसङ्ख्या (१२ वर्ष माथि) को ९५.७ प्रतिशतले कोभिडविरुद्धको खोप लगाएका छन् ।

Nisha Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *