hilltake everestbank
 माओवादी धारका पार्टीहरूले आज  नागरिक अगुवा र बुद्धिजीवीहरूसँग छलफल गर्दै

माओवादी धारका पार्टीहरूले आज  नागरिक अगुवा र बुद्धिजीवीहरूसँग छलफल गर्दै

काठमाडौँ – आज माओवादी धारका नेताहरूले नागरिक अगुवा र बुद्धिजीवीहरूसँग छलफल गर्दैछन् । विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका पार्टीहरूले आज बुद्धिजीवी र नागरिक अगुवाहरूसँग छलफल गर्न लागेका हुन् । 

गत २६ गते बसेको माओवादी धारका पार्टीहरूको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीवीहरूसँग छलफल, अन्तरक्रिया गर्ने निर्णय गरेको थियो । 

gimigroup

माओवादी घटक दलहरूले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन् । आज नागरिक अगुवाहरूसँग अन्तरक्रिया गर्ने र सुझावका आधारमा थप कार्यक्रम तय गर्ने माओवादी घटक दलहरूको तयारी छ । 

Dipak Dhamala

Leave a Reply

Your email address will not be published. Required fields are marked *