hilltake everestbank
 धनगढीमा लागुऔषध दुर्व्यसन विरुद्ध जुट्न पूर्व प्रहरीको सम्मेलन हुँदै

धनगढीमा लागुऔषध दुर्व्यसन विरुद्ध जुट्न पूर्व प्रहरीको सम्मेलन हुँदै

धनगढी – धनगढीमा लागुऔषध दुर्व्यसन विरुद्ध जुट्न पूर्व प्रहरीको सम्मेलन हुँदै छ। लागुऔषध विरुद्ध लड्ने रणनीति तय गर्न आज मङ्गलवार सुदूरपश्चिमका पूर्व प्रहरीको भेला धनगढीमा हुन लागेको पूर्व वरिष्ठ प्रहरी उपरीक्षक मोहनराज जोशीले बताए। सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको उनले बताए।

पूर्व प्रहरी संघ सुदूरपश्चिम प्रदेशले आयोजना गर्ने सम्मेलनमा सुदूरपश्चिमका पूर्व प्रहरीको सहभागिता रहने जनाइएको छ। सम्मेलनका सहभागीलाई प्रशिक्षण दिन लागुऔषध दुर्व्यसन व्यवस्थापनको क्षेत्रका अन्तर्राष्ट्रिय विज्ञ तथा नार्कोनान अमेरिकाका दक्षिण एसिया प्रमुख पूर्व वरिष्ठ प्रहरी उपरीक्षक वसन्तराज कुँवर पनि धनगढी आइपुगेका जोशीले बताए।

gimigroup

Dipak Dhamala

Leave a Reply

Your email address will not be published. Required fields are marked *