hilltake everestbank
 सचिव र सहसचिवलाई ७ दिन भित्र व्यक्तिगत विवरण अद्यावधिक गर्न किताबखानाको निर्देशन

सचिव र सहसचिवलाई ७ दिन भित्र व्यक्तिगत विवरण अद्यावधिक गर्न किताबखानाको निर्देशन

काठमाडौँ ।  सङ्घीय निजामती सेवा ऐन जारी हुन लागेको बेला राष्ट्रिय किताबखानाले नेपाल सरकारका सचिव र सहसचिवलाई ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने सूचना जारी गरेको छ ।

निजामती सेवा नियमावली (२०५०) को नियम १० मा भएको व्यवस्थाबमोजिम यस्तो निर्णय गरिएको किताब खानाले जनाएको छ। सरकारले विज्ञताका आधारमा कर्मचारी खटाउने तयारी गरिरहेको छ।  

gimigroup

सचिव र सहसचिव पदमा पुगेका कर्मचारी पनि सुरुमा खरिदार वा नासुसरहको पदबाट सेवा प्रवेश गरेको भए उनीहरूको व्यक्तिगत विवरणमा एसएलसी वा प्रवीणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहेको तर त्यसपछि अद्यावधिक भए नभएको बुझ्न  विवरणबारे जानकारी लिन खोजिएको स्रोतले बतायो । 

विवरण अद्यावधिक गर्न किताब खानाको वेबसाइटमा रहेको इमेलमार्फत वा स्वयं कागजात लिई पुलचोकस्थित कार्यालयमा गई विवरण अद्यावधिक गर्न सकिने छ ।

हाल निजामती सेवामा सचिवसरहका ७० र सहसचिव सरहका सबै सेवा समूहका झन्डै ७ सय ५३ कर्मचारीहरू कार्यरत रहेका छन् ।

kitabkhana

Dipak Dhamala

Leave a Reply

Your email address will not be published. Required fields are marked *