hilltake everestbank
 अछामको पञ्चदेवल क्याम्पसमा अनेरास्ववियुको तालाबन्दी

अछामको पञ्चदेवल क्याम्पसमा अनेरास्ववियुको तालाबन्दी

अछाम – नेकपा एमाले निकट अनेरास्ववियु पञ्चदेवल क्याम्पस इकाई कमिटीले क्याम्पस प्रशासनमा तालाबन्दी गरेको छ । क्याम्पस प्रशासन तथा निर्वाचन समितिले त्रिभुवन विश्वविद्यालयले जारी गरेको निर्देशिकालाई ठाडो उल्लङ्घन गरी फागुन २९ गते रातिसम्म विद्यार्थी भर्ना गरी त्रिविको निर्देशिका विपरीत काम गरेको भन्दै तालाबन्दी गरिएको क्याम्पस इकाई कमिटीका अध्यक्ष मनपुरा कुमारी शाही द्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । 

स्वस्च्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र भयरहित रुपमा हुनुपर्ने निर्वाचनलाई सुनियोजित तरिकाले मतदाताहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्य भएको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको अध्यक्ष शाहीको भनाई छ । 

gimigroup

साथै क्याम्पसमा सर्वसम्मत रुपमा स्ववियु गठन गर्ने दलीय सहमति भएको भन्दै अनेरास्ववियुले सहमति विपरीत निर्वाचन समितिले नामावली प्रकाशन गर्ने गरेको भन्दै तालाबन्दी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । निर्वाचन समितिले कुनै एक संगठन विशेषलाई अनुकुल हुनेगरि अनैतिक कार्य गरेको अनेरास्ववियुको आरोप छ । 

यस्ता हर्कतहरू देख्दा क्याम्पस प्रशासन र निर्वाचन समितिले स्वच्छ निर्वाचन गर्न नसक्ने प्रमाणित भएकाले तत्काल निर्वाचन अधिकृतले राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने अनेरास्ववियुको माग छ । त्रिविको निर्देशिका विपरीत गर्न खोजिएको यो अवैध कार्य तत्काल नरोकिए सङ्घर्षका कार्यक्रम गर्न अनेरास्ववियु बाध्य हुने चेतावनी समेत दिइएको छ । 

स्वच्छ र निष्पक्ष वातावरणको सुनिश्चितता नहुँदा सम्म तालाबन्दी कायम राख्ने अध्यक्ष शाहीको भनाई छ । यसबाट पर्नजाने असरहरूको सम्पूर्ण जिम्मेवारी क्याम्पस प्रशासन र निर्वाचन समितिले लिनुपर्ने माग गरिएको छ । 

Dipak Dhamala

Leave a Reply

Your email address will not be published. Required fields are marked *