hilltake everestbank
 धनगढीमा ‘गज्जब’ काम गर्दै अनेरास्ववियु, थाल्यो ‘जेब्रा क्रसिङ’ अभियान [भिडिओसहित]

धनगढीमा ‘गज्जब’ काम गर्दै अनेरास्ववियु, थाल्यो ‘जेब्रा क्रसिङ’ अभियान [भिडिओसहित]

धनगढी: सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा अनेरास्ववियुका विद्यार्थीले जेब्रा क्रसिङ बनाउने अभियान थालेका छन्।

धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा राखिएका पैदल मार्गमा नेकपा एमाले सम्बद्ध अनेरास्ववियु कैलाली र धनगढी नगर कमिटिले सोमबारदेखि जेब्रा क्रसिङ बनाउन थालेको हो।

gimigroup

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीसँगको समन्वयमा सोमबार धनगढीको नेपाल पुलिस स्कुल अगाडि जेब्रा क्रसिङ बनाउने काम सुरु भएको अनेरास्ववियुका नगर अध्यक्ष नितिश जोशीले बताए। उनकाअनुसार ६ लेन सडक खण्डमा पैदल यात्रीहरुले जथाभावी बाटो काट्दा दुर्घटनाको जोखिम बढेका कारण पैदल मार्गमा जेब्रा क्रसिङ बनाउन अनेरास्ववियुले काम थालेको हो।

विद्यार्थी संगठनले ढुंगामुढा वा आन्दोलनका कार्यक्रम मात्र नभएर रचनात्मक काम समेत गर्छन् भन्ने सन्देश दिन पनि क्रसिङ बनाइरहेको हो। अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले जेब्रा क्रसिङले ६ लेन सडकखण्डमा दुर्घटना न्यूनीकरणमा मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।

उनले जेब्रा क्रसिङ र स्पष्ट संकेत नहुँदा जथाभावी सडक पार गर्दा भइरहेका दुर्घटनामा न्यूनीकरण गर्नका साथै यात्रुहरुमा सचेतना समेत अभिबृद्धि गर्ने बताए। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र जोहारीले पर्याप्त स्रोत, साधनको अभावले जेब्रा क्रसिङ बनाउन नसकिएका बेला युवा र विद्यार्थीले सकारात्मक कामको थालनी गरेको बताए । उनले उक्त अभियानमा सबै पक्षबाट सहयोग पाउनेमा आशावादी रहेको बताए।

Mahendranagar Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *