hilltake everestbank
 दार्चुलामा इन्द्रबहादुरले राति घरमै घुसेर युवतीमाथि गरे कुकर्म, शनिबार समातिए

दार्चुलामा इन्द्रबहादुरले राति घरमै घुसेर युवतीमाथि गरे कुकर्म, शनिबार समातिए

अमर खत्री, दार्चुलाः दार्चुलामा युवतीमाथि बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्। हिजो जिल्लाको दुहुँ गाउँपालिका ४ चिनचिरीका ३६ वर्षीय इन्द्रबहादुर बम पक्राउ परेका हुन्। उनले गत शुक्रबार राती १९ वर्षीया युवतीमाथि घरमै गएर बलात्कार गरेको आरोपमा समातिएको दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी जगतगाहा मगरले बताए।

उनका अनुसार बमलाई शनिबार पक्राउ गरिएको हो। उनीमाथि फागुन २६ गते राती घरमै गएर युवतीलाई बलात्कार गरेको आरोप लागेको छ। पक्राउ परेका बममाथि अहिले जिल्ला अदालत दार्चुलाबाट ७ दिनको म्याद थप गरी अनसन्धान भइहरेको प्रहरी निरीक्षक मगरले बताए।

gimigroup

घरमा कोही नभएको मौकाछोपी बमले रातिको समयमा घरमै आएर जबरजस्ती करणी गरेको आरोप छ। शनिबार जिल्ला अस्पताल दार्चुलामा पीडित युवतीको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Mahendranagar Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *