hilltake everestbank
 राष्ट्रपति पौडेलद्वारा गैर आवासीय राजदूत नियुक्त

राष्ट्रपति पौडेलद्वारा गैर आवासीय राजदूत नियुक्त

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मोरोक्को अधिराज्यका लागि गैर आवासीय नेपाली राजदूत नियुक्त गरेका छन् । पौडेलले संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि आवासीय राजदूत सुशील कुमार लम्साललाई मोरोक्कोका लागि गैर आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशील कुमार लम्साललाई मोरोक्को अधिराज्यका लागि समेत गैर आवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ’, राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

gimigroup

आजै पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ लिएका थिए । शीतलनिवास प्रवेशपछि पौडेलको यो पहिलो सार्वजनिक निर्णय हो ।

Saru Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *