hilltake everestbank
 कैलालीमा यस्तो पनि, नदी तर्न पैसा तिर्नुपर्ने

कैलालीमा यस्तो पनि, नदी तर्न पैसा तिर्नुपर्ने

धनगढीः कैलालीको भजनी–५ लालबोझी कर्मदेवका जोगी चौधरी सदरमुकाम आउजाउका लागि कान्द्रा नदीमा काठेपुलबाट वारिपारि गर्छन्। स्थानीय सरकारलाई दिनको कम्तीमा ५० रुपैयाँ तिर्नुपर्छ। भजनी नगरपालिकाबाट बर्खामा डुंगा र हिउँदमा काठेपुल सञ्चालनको ठेक्का स्थानीय भीम विकले पाएका छन्। काठेपुलमा वारिपारि गर्नेलाई उनी प्रतिव्यक्ति १० रुपैयाँ र साइकल, मोटरसाइलसहितको ३० रुपैयाँ लिन्छन्।

भजनी नगरपालिका क्षेत्र नागबेली जस्तै बगेको कान्द्रा नतरेर लालबोझीका बासिन्दा भजनी बजार आउजाउ गर्न सक्दैनन्। लालबोझीका बासिन्दाका लागि नगरपालिकाको केन्द्र भजनी दैनिक उपभोग्य वस्तु खरिद गर्ने बजार पनि हो। लालबोझीका माध्यमिक तह र क्याम्पस पढ्ने विद्यार्थीले पनि बर्खामा डुंगा र हिउँदमा काठेपुलको प्रयोग गर्नुपर्छ।

gimigroup

लालबोझीका बासिन्दाले महिनामा कम्तीमा १ हजारदेखि १५ सयसम्म काठेपुल वारपार गरेको मात्रै तिर्नुपरेको स्थानीय बिर्खबहादुर साउदले बताए। स्थानीयले १२ वर्षदेखि पक्की पुलको सपना देख्दै आएका छन्। पक्की पुल निर्माण भएपछि नदी तर्दा तिर्नुपर्ने पैसाबाट छुटकारा पाइएला भन्ने स्थानीयको सपना छ।

स्थानीयवासीले पालिकालाई भन्दा पुल निर्माणको ठेक्का लिने कम्पनीलाई बढी फाइदा भएको छ।

Mahendranagar Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *