hilltake everestbank
 महिला भलिबलमा शुक्लाफाँटाको विजयी सुरुवात, भागेश्वर स्तब्ध

महिला भलिबलमा शुक्लाफाँटाको विजयी सुरुवात, भागेश्वर स्तब्ध

कञ्चनपुरः परशुराम नगरपालिका–४ कटालस्थित भागेश्वर माध्यमिक विद्यालयको आयोजनामा भइरहेको अध्यक्ष कप खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा शुक्लाफाँटा नगरपालिकाले विजयी सुरुवात गरेको छ।

आइतबार भएको महिलातर्फको भलिबल प्रतियोगितामा शुक्लाफाँटाले बैतडी र आयोजक भागेश्वरलाई हराउँदै विजयी सुरुवात गरेको हो।

gimigroup

लीग चरणको खेलमा शुक्लाफाँटाले बैतडीलाई २–१ र आयोजक भागेश्वरलाई पनि २–१ को सेटमा हराएको थियो। शुक्लाफाँटाको टीमले आज प्रहार अत्मरक्षा र त्रिबेणी बहुमुखी क्याम्पसको टोलीसँग खेल्नेछ।

भलिबल प्रतियोगितामा महिलातर्फ ९ टीमको सहभागिता छ। महिला भलिबल प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार १ सय ११, द्धितियले २५ हजार १ सय ११ र तृतिय हुने टीमले १३ हजार १ सय ११ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्।

Mahendranagar Post