hilltake everestbank
 उपराष्ट्रपति उम्मेदवार प्रमिला यादवले लिइन् उम्मेदवारी फिर्ता

उपराष्ट्रपति उम्मेदवार प्रमिला यादवले लिइन् उम्मेदवारी फिर्ता

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट उपराष्ट्रपति पदकी उम्मेदवार प्रमिला कुमारी यादवले उम्मेदवारी फिर्ता लिएकी छन् । उपराष्ट्रपतिका लागि शनिबार उम्मेदवारी दर्ता गरेकी उनले साेमबार उम्मेदवारी फिर्ता लिएकी हुन्। यादवले आज एक विज्ञप्ति जारी गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी हुन्।

‘प्रतिनिधिसभा सदस्य रामसहाय प्रसाद यादव नेपालको निरंकुश शासन प्रणालीकाविरुद्ध लोकतन्त्र स्थापनाका लागि त्याग र संघर्ष गर्नुभएको अग्रज नेता हुनुहुन्छ। उहाँ पराष्ट्रपति जस्तो गरिमामय पदका लागि सबैभन्दा उपयुक्त, योग्य र सक्षम उम्मेदवार हुनुहुन्छ’, विज्ञप्तिमा उनले भनेकी छन्, ‘प्राविधिक रुपमा मेरो नाम उम्मेदवारको सूची रहन गएको भए ता पनि प्रतिवद्धताका साथ म उहाँलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घाेषणा गर्दछु।’

gimigroup

आगामी चैत्र ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि दश दलीय सत्ता गठबन्धनबाट तीन जनाको उम्मेदवारी परेको थियाे भने नेकपा एमालेबाट एक जनाको उम्मेदवारी परेको थियो। प्रमिलासहित सत्ता गठबन्धनको तर्फबाट नागरिक उन्मुक्ति पार्टीकी ममता झा, जसपाका रामसहाय प्रसाद यादव, नेकपा एमालेको तर्फबाट नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका छन्।

Nisha Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *