hilltake everestbank
 नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले दिए काँग्रेसबाट राजीनामा

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले दिए काँग्रेसबाट राजीनामा

काठमाडौँ – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शपथअघि नेपाली काँग्रेसबाट राजीनामा दिएका छन्।

पौडेलले सोमबार दिउँसो कामु प्रधानन्यायाधीशबाट शपथ लिने कार्यक्रम रहेको छ।

gimigroup

उनले आइतबार नै काँग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै काँग्रेस पार्टीको पद, जिम्मेवारी र साधारण सदस्यसमेतबाट अलग भएको जानकारी गराएका थिए।

पौडेल काँग्रेसमा वरिष्ठ नेता, केन्द्रीय सदस्य, केन्द्रीय कार्यसम्पादन समिति सदस्य, केन्द्रीय संसदीय बोर्ड सदस्य तथा गत मंसिरमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद थिए।

Nisha Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *