hilltake everestbank
 संघीय शिक्षा ऐन जारी गर्ने तयारीमा छौं: प्रधानमन्त्री प्रचण्ड

संघीय शिक्षा ऐन जारी गर्ने तयारीमा छौं: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य गरिरहेको बताएका छन्।

सोमबार हीरक जयन्तीको अवसरमा काठमाडौँको पद्मोदय माध्यमिक विद्यालयमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

gimigroup

उक्त ऐन पारित गरी शिक्षा क्षेत्रमा विद्यमान समस्याहरूको प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।

सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा निकै भिन्नता रहेको पनि उनले बताए।

Nisha Shrestha