hilltake everestbank
 ६ सय रुपाैयाँले बढ्यो सुनको मूल्य

६ सय रुपाैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ६ सय रुपाैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला एक लाख तीन हजार पाँच सय रुपाैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख चार हजार एक सय रुपाैयाँ तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार छ सय रुपाैयाँ छ। यसको मूल्य अघिल्लो दिनको मूल्य रू एक लाख तीन हजार थियो।

gimigroup

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू १० वृद्धि भई रू एक हजार दुई सय ५५ पुगेको महासङ्घले जनाएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

Nisha Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *