hilltake everestbank
 रामचन्द्र पौडेलको राजीनामा स्वीकृत

रामचन्द्र पौडेलको राजीनामा स्वीकृत

काठमाडौँ – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली काँग्रेसको सम्पूर्ण जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

पौडेलले आइतबार केन्द्रीय कार्यसमिति सदस्यका साथै साधारण सदस्यबाटसमेत राजीनामा दिएका थिए ।

gimigroup

सभापति शेरबहादुर देउवाले पार्टी विधानअनुसार अइतबारदेखि नै लागू हुने गरी पौडेलले दिएको राजीनामा स्वीकृत गरेका छन् ।

साथै, देउवाले राष्ट्रपति पदको गरिमा र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरूप कार्यसम्पादन गर्न पौडेल सफल हुने विश्वाससमेत व्यक्त गरेका छन् ।

Saru Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *