hilltake everestbank
 यूएईविरुद्ध नेपालाई पाँचौं सफलता

यूएईविरुद्ध नेपालाई पाँचौं सफलता

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध पाँचौं सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले १४औं ओभरमा आफ्नो पाँचौं विकेट गुमाएको हो ।

नेपालका सन्दीप लामिछानेले रोहन मुस्तफालाई १४ औं ओभरको चौथो बलमा एलबीडब्लू आउट गराएका हुन् । रोहन मुस्तफाले ६ रन बनाए ।

gimigroup

यसअघि नेपालका लागि सोमपाल कामीले आसिफ खानलाई पाँचौं ओभरको पहिलो बलमा ६ रनमा आउट गराएका थिए ।

Nisha Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *