hilltake everestbank
 पूर्व जनमुक्ति सेनाको मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र

पूर्व जनमुक्ति सेनाको मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र

धनगढी- पूर्व जनमुक्ति सेनाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापन पत्र बुझाएका छन्। आइतवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पूर्व जनमुक्ति सेनाले मुख्यमन्त्री शाहलाई ९ बुँदे माग राखेर ज्ञापन पत्र बुझाएको हो।

ज्ञापन पत्रमा १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौताको भावनाअनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोग मार्फत जनयुद्धकालिन मुद्दा हल गरिनुपर्ने माग गरिएको छ। जनमुक्ति सेनालाई राष्ट्रिय सेना घोषणा गरिनुपर्ने, युद्धमा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सहिद घोषणा गरिनुपर्ने, परिवारलाई उचित सम्मान गर्नुपर्ने, घाइते, अपाङ्गको उचित उपचार र भरणपोषणको व्यवस्था मिलाउनुपर्ने, विदेशी शक्तिको चलखेल बन्द गरिनुपर्ने, स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने, भ्रष्टाचारको अन्त्य गरिनुपर्ने र देशको अर्थतन्त्र सुधार गर्न आवश्यक कदम चाल्न पूर्वजनमुक्ति सेना नेपालले माग गरेको छ।

gimigroup

पूर्व जनमुक्ति सेना नेपालको तर्फबाट सुदूरपश्चिम संयोजक विक्रमसिंह कुँवरले मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र बुझाएका हुन्।

Nisha Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *