hilltake everestbank
 कञ्चनपुरमा स्कुटर दुर्घटना, एक किशोरको मृत्यु

कञ्चनपुरमा स्कुटर दुर्घटना, एक किशोरको मृत्यु

महेन्द्रनगर- कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एक जना किशोरको मृत्यु भएको छ।

भीमदत्त नगरपालिका–१० तिल्केनीमा शनिबार से.६ प २६६४ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा त्यसमा सवार सोही नगरपालिका–४ भगतपुरका पदम केसीका १४ वर्षीय छोरा आयुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए।

gimigroup

आयुष महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कुल) मा ९ कक्षामा अध्ययनरत थिए।

दुर्घटनमा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भारतको भोजिपुरास्थित अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको मन्त्र अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको र घटना अनुसन्धान थालिएको डिएसपी डाँगीले बताए।

Nisha Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *