hilltake everestbank
 धनगढीमा पत्रकार कुटिएका हुन् ? टाउकोमा लागे ५ टाँका !

धनगढीमा पत्रकार कुटिएका हुन् ? टाउकोमा लागे ५ टाँका !

धनगढी- धनगढीमा आफूमाथि आक्रमण भएको पत्रकार शेरबहादुर ऐरले दाबी गरेका छन्।

हिजो (शनिवार) राति आफूमाथि आक्रमण भएको उनले बताए। तर कसले गरेको हो भन्नेबारे उनलाई जानकारी छैन। उनका अनुसार हिजो राति ९ बजेतिर रुवस होटलमा उनीमाथि आक्रमण भएको हो।

gimigroup

ऐरको टाउकोमा चोट लागेको छ। हिजो राती नै सेती अस्पतालमा उनको उपचारपछि डिस्चार्ज भएका छन्।उनको टाउकोमा पाँच वटा टाँका लागेका छन्।

समाचारको विषयलाई लिएर अस्पताल व्यवसायी तथा औषधि व्यवसायीहरुले पत्रकार ऐनमाथि आक्रमण गरेको हुनसक्ने उनको दाबी छ। तर त्यो पुष्टि भने भएको छैन। उता रुबस होटल प्रशासनले भने शेर आफै लडेर घाइते अवस्थामा भेटिएको दाबी गर्दै आएको छ।

आज मात्र कैलाली प्रहरीमा घटनाबारे उजुरी निवेदन दिइएको छ। पत्रकार महासंघले उजुरी दिएको हो। प्रहरीले पनि अनुसन्धान गरिरहेको जनाएको छ।

Nisha Shrestha