hilltake everestbank
 बैतडी घटना: पञ्चेश्वरकी उपाध्यक्षको ज्यान खतरामा, अध्यक्षको ‘नो रेस्पोन्स’

बैतडी घटना: पञ्चेश्वरकी उपाध्यक्षको ज्यान खतरामा, अध्यक्षको ‘नो रेस्पोन्स’

धनगढी: बैतडीको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टमाथि शुक्रवार कार्यकक्षमै हातपात भयो। पञ्चेश्वर गाउँपालिका–३ का दीपकबहादुर चन्दले मदिरा सेवन गरेर कार्यकक्षमै प्रवेश गरेर भट्टमाथि दुर्ववहार गरेका हुन्।

अहिले ती चन्दलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ। आफूमाथि हातपात र दुव्र्यवहार गरेको भन्दै उपाध्यक्ष भट्टले निवेदन दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

gimigroup

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले चन्दलाई शनिबार पञ्चेश्वरको हल्दुविनायक प्रहरी चौकीले नियन्त्रणमा लिएको जानकारी दिए। यस्तै उनले घटनाबारे थप अनुसन्धान भैरहेको र कारवाही प्रक्रिया अघि बढाउने बताए।

ती चन्दले पालिकामा विद्युत विस्तारको ठेक्कामा काम गरेका चन्दले ठेकेदारबाट लिनुपर्ने ज्याला नपाएको भन्दै आफूमाथि हातपात र दुव्र्यवहार गरेकाले अभद्र व्यवहार शिर्षकमा किटानी जाहेरी दर्ता गराएको उपाध्यक्ष भट्टले बताइन्। यस्तै भट्टले दुव्र्यवहार गर्ने चन्दलाई कारवाहीको माग गर्दै गाउँपालिका महासंघमा समेत उजुरी दिएकी छन्।

घटनाबारे पालिका अध्यक्ष मौन किन ?
यत्रो घटना हुँदा पनि उक्त पालिकाका अध्यक्ष गोरख बहादुर चन्द भने मौन छन्। आज मात्रै गाउँपालिकाका कर्मचारीले दोषीमाथी कारबाही माग गर्दै विज्ञप्ति निकालेका छन्। तर अध्यक्ष चन्दले भने अहिलेसम्म कुनै कृया, प्रतिक्रिया दिएका छैनन्। एउटै पार्टीबाट निर्वाचित भएका अध्यक्षले उपाध्यक्षको प्रकरणमा मौन बस्नुलाई रहस्यमय मानिएको छ।

यसले अध्यक्ष र उपाध्यक्षबीच नै टसल त छैन् ? भन्ने प्रश्न खडा गरेको छ। स्रोतका अनुसार चुनावताकाको पार्टीगत कुराले उनीहरुबीच टसल परेको छ। अध्यक्ष गोरख चन्दले स्थानीय र संसदीय चुनावमा आफ्नै पार्टीका उम्मेदवारविरुद्ध क्रियाकलाप गरेको भन्दै उनलाई कारबाहीको लागि सिफारिस गरिएको थियो। त्यहाँको पार्टी कमिटीले माथिल्लो कमिटीलाई कारबाहीको लागि सिफारिस गरेको हो।

तर, अध्यक्ष चन्दले भने उपाध्यक्ष भट्टलाई त्यसको दोष दिने गरेका छन्। उपाध्यक्ष चन्द भन्छिन्, ‘मैले त उहाँलाई स्पष्टीकरण दिनुस् भनेको थिए, पार्टीले कारबाही सिफारिस गरेको कुरा हो। तर उहाँले मलाई कारबाही गराउन खोज्यो भनेर आरोप लगाउदै आउनुभएको छ। म माथी पालिकामै यस्तो अन्याय र घटना हुँदा पनि उहाँ अहिले मेरो सम्पर्कमा हुनुहुन्न। उहाँको कुनै रेस्पोन्स पनि छैन।’ उनले थपिन्, ‘म पहिल्यैदेखि घेराबन्दीमा छु, गाउँमा बस्ने वातावरण नै छैन, विगतदेखि नै ममाथि धेरै अभद्र व्यवहार भएका छन्। मेरो ज्यान नै खतरामा छ। म जातीय रुपमा पनि घेराबन्दीमा छु। मेरो चरित्र हत्या पनि धेरै पटक भएको छ। केहीदिनमा म सबै कुराको पर्दाफास गर्छु।’

अध्यक्ष चन्दमाथी स्थानीय तह, प्रदेश र संघको चुनावमा अन्तर्घात गरेको आरोप लागेको थियो।
त्यस्तै अहिले उपाध्यक्ष भट्टलाई दुर्ववहार गर्ने चन्द पनि अध्यक्षको पारिवारिक रुपमा निकट मान्छे नै भएको बुझिएको छ। यसैक्रममा अध्यक्ष चन्दले  न्यायका लागि पहल नगर्दा उनको पनि यसमा संलग्न्ता रहेको गन्ध देखिन्छ।

Mahendranagar Post