hilltake everestbank
 राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश

राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश गरेका छन्।

शुक्रबार राष्ट्रपति कार्यालयमा पुगेर प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश गरेको प्रवक्ता सागर आचार्यले जानकारी दिए।

gimigroup

उनका अनुसार नेपालको संविधानको धारा ६२ तथा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेल नेपालको राष्ट्रपति पदमा निर्वाचित भएको व्यहोराको प्रतिवेदन पेश भएको हो।

Saru Shrestha