hilltake everestbank
 ओरेक कैलालीको कार्यालय तोडफोड !

ओरेक कैलालीको कार्यालय तोडफोड !

धनगढीः महिला पुनःस्थापना केन्द्र (ओरेक नेपाल) कैलाली शाखाको अफिसमा तोडफोड भएको छ।

ओरेक नेपाल कैलालीले विगत लामो समयदेखि हिंसाबाट प्रभावितहरुलाई सुरक्षित अवासको सेवा उपलब्ध गराउँदै आईरहेको छ। गोदाबरी नगरपालिका ५ गेटाका २५ वर्षीय टीकाराम भण्डारीको श्रीमति घरेलु हिंसाबाट प्रभावित भएर ओरेक नेपालको सुरक्षित अवासगृहमा बस्दै आएकी थिईन्।

gimigroup

भण्डारीले शुक्रबार अफिसमै गएर आफ्नो श्रीमतिलाई लिन आएको भन्दै अभद्र व्यवहार गर्न थालेपछि संयोजक विणु रानाले सम्झाई बुझाई अफिस भन्दा बाहिर पठाएको रानाले जानकारी दिईन्।

उनका अनुसार भण्डारीलाई बाहिर पठाएर आफू कर्मचारीलाई लिएर अफिस भित्र ढोका लगाएर बसेको र बाहिरबाट भण्डारी ढुंगा हानेर तोडफोड गरेको हो। अफिसको झ्यालमा लगाइएको सिसा तोडफोड भएको रानाले बताईन्।

Mahendranagar Post