hilltake everestbank
 सुदूरपश्चिममा भोलि हुने लोक सेवाको परीक्षामा प्रवेश पत्र बिना पनि सहभागि हुन सकिने

सुदूरपश्चिममा भोलि हुने लोक सेवाको परीक्षामा प्रवेश पत्र बिना पनि सहभागि हुन सकिने

काठमाडौं – प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम प्रदेशले भोलि संचालन गर्न लागेको परीक्षामा प्रवेश पत्र बिना पनि सहभागि हुन सकिने भएको छ । आयोगको सर्वरमा समस्या आएर प्रवेश पत्र डाउनलोडमा समस्या आएपछि बिना प्रवेश पत्र पनि परीक्षामा सहभागि हुन पाउने व्यवस्था गरिएको छ ।

प्रवेश पत्र नभएकाले परीक्षामा सहभागि हुनका लागि आवेदकले आफ्नो सक्कल नेपाली नागरिकताको प्रमाणपत्र भने अनिवार्य ल्याउनु पर्ने प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम प्रदेशका उपसचिव हिरालाल चौधरीले बताएका छन् । उनले केन्द्रकै सर्वरमा समस्या आएका कारण प्रदेशको वेवसाइटमा समस्या आएको बताए ।

gimigroup

प्रदेश लोक सेवा आयोगले स्थानीय सरकारी सेवा तर्फका सहायक पाँचौं तहका अप्राविधिक पदका लागि मंसिर २८ गते विज्ञापन आह्वान गरेको थियो । ५४ जनाको लागि आह्वान गरिएको उक्त पदका लागि साढे १० हजार बढीले आवेदन दिएका छन् ।

आयोगले उक्त पदका लागि योग्य आवेदकको स्वीकृत नामावली फागुन ११ गते प्रकाशित गरेको थियो । उक्त नामावलिमा आवेदकको रोलनम्बर समेत प्रकाशित गरिएको छ ।

आयोगको वेवसाइटबाट प्रवेश पत्र डाउनलोड गर्न नसकेका आवेदकले नामावलिमा प्रकाशित रोलनम्बरका आधारमा परीक्षा केन्द्र हेर्न सकिने उपसचिव चौधरीले बताए । आयोगले परीक्षा संचालनका लागि धनगढीमा ४४ वटा केन्द्र तोकेको छ ।

Dipak Dhamala