hilltake hilltake
 अब भ्यू टावर बनाउन मन्त्रालयले लगानी गर्दैन : मन्त्री झाँक्री

अब भ्यू टावर बनाउन मन्त्रालयले लगानी गर्दैन : मन्त्री झाँक्री

काठमाडौं – शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयले आगामी बजेटमा भ्यू टावर लगायतका संरचना बनाउन लगानी नगर्ने बताएकी छन ।  

राष्ट्रिय योजना आयोगमार्फत प्राप्त बजेट सिलिङमाथि छलफलमा मन्त्री झाँक्रीले बजेटमा अनावश्यक खर्च बढाउने योजना समेट्न आवश्यक नरहेको बताउदै नागरिकलाई
बढी लाभ हुने योजना छनोट गर्नुपर्नेमा समेत जोड दिइन । उनले भनिन, ‘केही कुरा हामीले कार्यक्रमबाट हटाउन आवश्यक छ, सभा हल, भ्यू टावर लगायतका कुरा अब बजेटमा राखेर परिणाम दिन सकिदैन, गर्नै पर्ने भए सघन शहरी विकास कार्यक्रम अन्तर्गत समेटौं ।’

gimigroup

 मन्त्रालयले पुनर्निर्माण झण्डै १२ अर्ब आवश्यक रहेको बताउँदै बजेटको सिलिङ बढाउन योजना आयोगलाई आग्रह गर्ने भएको छ ।

Mahendranagar Post