hilltake hilltake
 सामुदायिक वनका २ जना सचिवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

सामुदायिक वनका २ जना सचिवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको आदर्श सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन सचिव दिपक थापा मगर र जनक थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

अख्तियारले दिपक थापा मगरसँग २ लाख ९३ हजार ३७२ रुपैयाँ ५१ पैसा र जनक थापासँग ७० हजार ८५ रुपैयाँ ३८ पैसा बिगो दाबी गरी भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

gimigroup

सुनसरीको साबिक वराहक्षेत्र गाविस वडा नं ३ स्थित आदर्श सामुदायिक वन उपभोक्ता समूहको सचिव रहँदा थापाद्वयले सामुदायिक वनमा वृक्षारोपण र तार घेराको नाममा अत्यधिक रकम खर्च देखाएको, चेक काटी रकम हिनामिना गरेको, समूहमा दाखिला गर्नुपर्ने रकम खाई मासेर आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१)को खण्ड (घ) बमोजिम अधिकतम सजाय माग गरिएको अख्तियारले जनाएको छ।

Mahendranagar Post