hilltake everestbank
 महोत्सवमा भागदौडः केही दर्शक घाइते, प्रमोद खरेल गीत गाइरहेका थिए

महोत्सवमा भागदौडः केही दर्शक घाइते, प्रमोद खरेल गीत गाइरहेका थिए

धनगढीः धनकुटामा महोत्सव अन्तर्गत सांगितक कार्यक्रममा भागदौड हुँदा केही घाइते भएका छन्। गायक प्रमोद खरेलले गीत गाइरहँदा दर्शकहरूको धकेलाधकेलका कारण भागदौड मच्चिएको बताइएको छ।

gimigroup

धनकुटा बजारको टुँडिखेलमा भएको कन्सर्टमा प्रमोद खरेलको प्रस्तुतिको क्रममा ठेलमठेल भएको र घाइते हुनेहरूमा केही बालबालबालिका पनि रहेको स्थानीयले बताए। धनकुटा प्रहरी प्रमुख एसपी लक्ष्मी अधिकारीले आफू घटनास्थलमा भएको भन्दै अहिले बोल्ने अवस्था नभएको बताए ।

घटनाका प्रत्यक्षदर्शीका अनुसार गेट ठेलेर एक हुल मान्छे छिरेपछि सयौं दर्शक लडेका थिए। दु्ईवटा एम्बुलेन्सले घाइते बोकेको आफूले देखेको उनले बताए।

माघ ६ देखि जारी सांगितिक कार्यक्रम उक्त घटनापछि स्थगित गरिएको छ।

Mahendranagar Post