धनगढीः सुदूरपश्चिम प्रदेश सभाकै बैठक कहिले बस्ने भन्ने अझै टुङ्गो लाग्न सकेको छैन्। यसअघि ११ गते बस्ने भनिएको बैठक अर्को सूचना जारी नहुँदा सम्मको लागि स्थगित गरिएको थियो। बैठक स्थगित गरिएको २ दिन सम्म पनि अर्को बैठक बस्ने बारे टुङ्गो लाग्न नसकेको हो।
सुदूरपश्चिम प्रदेश सभाको अबको बैठकमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत दिने छन्। उक्त बिषयमा छलफल भइरहेको हुँदा बैठक बस्नेबारे टुङ्गो लाग्न नसकेको हो। अब केही दिनभित्रै प्रदेश सभाको बैठक आह्वान गरिने प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए।
अघिल्लो महिना २७ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा रावल नियुक्त भएका थिए। यहि २७ गते भित्र रावलले विश्वासको मत लिइसक्नु पर्ने छ। अहिले नागरिक उन्मुक्तिले यस बिषयमा ठोस निर्णय नगरेपछि विश्वासको मत दिने बिषयमा छलफल भइरहेको जनाइएको छ।