काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो। उनी सत्ता साझेदार दलकी साझा उम्मेदवार हुन्।
मगर रास्वपाकी समानुपातिक सांसद हुन्। उपसभामुखमा यसअघि सोविता गौतमको चर्चा थियो। रास्वपालाई उपसभामुख दिने समझदारी बनेको थियो।
Facebook Comments Box