दोधारा चाँदनी- कञ्चनपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२)मा नेपाली कांग्रेसका दिवानसिंह विष्ट विजयी भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार विष्टले नौ सय १७ मतान्तरले प्रतिस्पर्धी नेकपा ९एमाले०का उम्मेदवार पल्लबराज भट्टलाई पराजित गर्दैै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले आठ हजार पाँच सय २० मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका भट्टले सात हजार छ सय तीन मत पाएका छन् ।
त्यसैगरी स्वतन्त्र उम्मेदवार टेकबहादुर साउदले पाँच हजार सात सय १३ मत प्राप्त गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीका काली चौधरीले पाँच हजार पाँच सय २ मत प्राप्त गरेका छन् ।
जम्मा ४९ हजार चार सय ५८ मतदाता रहेको यो क्षेत्रमा ३१ हजार छ सय ४२ मत खसेको थियो । जसमा एक हजार पाँच सय मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।